गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले नेश्नल व्याङ्क फर एग्रीकल्चर एण्ड रूरल डेभलोपमेन्ट (नाबार्ड)को ४२औं स्थापना दिवसको अवसरमा मुख्य अतिथिकोरूपमा सहभागिता जनाए।

राजधानीस्थित राजभवनको आशिर्वाद भवनको प्रेक्षागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले कृषि तथा ग्रामीण विकास राष्ट्रिय व्याङ्क (नाबार्ड) ले ४२औं गौरवशाली वर्षदेखि ग्रामीण क्षेत्र र कृषिको विकासमा पुऱ्याएको महत्वपूर्ण योगदानको लागि प्रशंसा व्यक्त गर्दै व्याङकको पहलको प्रशंसा गरे। महात्मा गान्धीको ग्राम स्वराज्य, ग्रामीण स्तरमा आत्मनिर्भरता र सशक्तिकरणलाई बढावा दिने उद्देश्यले यस व्याङकले ग्रामीण क्षेत्रको विकास हेतु महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

नाबार्डले आफ्नो बहुआयामिक कार्यक्रमहरू र आर्थिक सहयोग मार्फत ग्रामीण सशक्तिकरण पहललाई निरन्तररूपमा कार्यन्वय गर्दै गाँउहरूलाई फस्टाउन र समृद्ध बनाउन सक्षम पारिस्थितिकी प्रणाली सिर्जना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराए। राज्यपालले केन्द्र सरकारको महत्वपूर्ण योजना राज्य सरकारले प्रभावी ढङ्गमा कार्यन्वयन गर्ने महत्त्वपूर्ण विषयमा जोड दिए।