सिलगढी। चोरी गरेको बाइक र स्कुटीसहित एनजेपी पुलिसले रञ्जीत दास र शक्ति दास दुईजनालाई पक्राउ गरेको छ। तिनीहरूबाट चोरी बाइक र स्कुटी पनि उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा राति पुलिसले सिलगढी संलग्न जाबराभिटामा अभियान चलाएर बाइक चोरी गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गरेको थियो। तिनीहरूबाट पुलिसले चोरी गरेको दुईवटा बाइक र एउटा स्कुटी पनि उद्धार गरेको छ। पक्राउ परेका आरोपीहरूलाई आज जलपाइगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।