कोलकाताः पश्चिम बंगाल पञ्चायत चुनाउमा सुरक्षाको निम्ति तैनात गरिएका केन्द्रिय बलहरूको तर्फबाट शुक्रवार बीएसएफका आईजीले कलकत्ता हाईकोर्टमा एउटा हलफनामा दर्ता गरेका छन्। यसमा उनले चुनाउको सुरक्षाको निम्ति केन्द्रिय जवानहरूको तर्फबाट गरिएको कारबाहीको उल्लेख गरेका छऩ्।
उनले आफ्नो रिपोर्टमा भने, मतदान भएको दिन आठ राउण्ड गोलीबारी गरिएको छ। मुर्शिदाबाद, नदिया, उत्तर दिनाजपुर र जलपाइगढ़ीमा स्थिति खराब भएपछि केन्द्रिय बलहरूका जवानहरूले गोलीबारी गरे। यद्यपि, कसैलाई लक्ष्य गरेर गोलीबारी गरिएन, हावामा फाइरिङ गरिएको थियो ताकि स्थितिलाई सम्हाल्न सकियोस्। यस बाहेक सेन्ट्रल फोर्सले कूल ११ प्राथमिकी पनि दर्ता गरेको छ।
बीएसएफका आईजीले आफ्नो हलफनामामा यो पनि बताएका छन्, नदिया, कूचबिहार समेत अन्य ठाउँमा केन्द्रिय बलहरूलाई लक्ष्य गरी बमबारी, गोलीबारी र ढुंगामुड़ा पनि भएको छ। सबै ठाउँ बिना कुनै ज्यानमाललाई नोकसान पुऱ्याइ जवानहरूले स्थितिलाई सम्हालेका छन्।
-हिस