सुप्रीम कोर्टमा दुई नयॉं जज नियुक्त, चीफ जस्टिसले दिलाए शपत

court_443

कोलकाताः सुप्रीम कोर्टमा आज दुई नयॉं जजले शपत लिएका छन्। चीफ जस्टिस डीवाई चन्द्रचूड़ले दुवै जजलाई शपत दिलाए। नवनियुक्त जजहरूमा जस्टिस उज्जवल भुइयां र जस्टिस एस वेंकटनारायण भट्टी सामेल छन्। राष्ट्रपति द्रोपदी मुर्मूले १२ जुलाईमा यी दुई जजको नियुक्ति आदेश दिएकी थिइन्। ५ जुलाईमा सुप्रीम कोर्ट कलेजियमले दुवै जजलाई सुप्रीम कोर्टको जज नियुक्त गर्न सिफारिश गरेको थियो।

सुप्रीम कोर्टमा स्वीकृत जजहरूको संख्या ३४ हो। यी जजहरूको नियुक्तिपछि सुप्रीम कोर्टमा जजहरूको कूल संख्या ३२ पुगेको छ। सुप्रीम कोर्टमा अझै पनि जजहरूको दुई पद रिक्त छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement