पञ्चायत चुनाउमा केन्द्रिय बलहरूको तैनातीको निम्ति बंगालले केन्द्रसॅंग माग्यो ३५० करोड़

00-1-Rajya-Samachar-12

कोलकाताः कलकत्ता हाई कोर्टको आदेश अनुसार पश्चिम बंगालमा पञ्चायत चुनाउमा सुरक्षाको निम्ति केन्द्रिय बलहरूको तैनातीमा भएको ३५० करोड़ रूपियॉं खर्च राज्य चुनाउ आयोगले केन्द्रसॅंग मागेको छ। आयोग सूत्रहरू अनुसार, केन्द्रिय गृह मन्त्रालयलाई पत्र पठाइएको छ जसमा चुनाउको समय केन्द्रिय बलहरूको तैनाती अवधि बस्ने, खाने, गाडी तथा अन्य व्यवस्थाहरूको निम्ति ३५० करोड़ रूपियॉं खर्च भएको विवरण सामेल छन्। तर, राज्य चुनाउ आयोगको उक्त पत्रलाई लिएर प्रश्न उठ्न थालेको छ। किनकि, हाई कोर्टको आदेश अनुसार, अझै पनि २१ जुलाईसम्म केन्द्रिय बलहरूको तैनाती राज्यमा हुनुपर्नेछ। निर्धारित समयभन्दा अघि नै खर्चको हिसाब पठाएर पैसा किन मागिॅंदैछ?

कलकत्ता हाई कोर्टले पश्चिम बंगालमा पञ्चायत चुनाउमा सुरक्षाको निम्ति केन्द्रिय बलहरूको तैनाती गरिनु पर्ने स्पष्ट गर्दै यसको खर्च केन्द्र सरकारले वहन गर्ने बताएको थियो। सोही अनुरूप राज्य चुनाउ आयोगले केन्द्रलाई पत्र पठाएको हो। राज्यमा लगभग ७० हजार जवानहरू तैनात गरिएको थियो जसमाथि उक्त रकम खर्च भएको दाबी गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement