तृणमूलको मणिपुरमा हिंसा प्रभावित क्षेत्रहरूको भ्रमण स्थगित

00-1-Rajya-Samachar-12

कोलकाताः पश्चिम बंगालमा चुनाउ अवधि भएका हिंसा प्रभावित क्षेत्रहरूको भ्रमणमा आएको भाजपाको फ्याक्ट फाइन्डिङ टीमको जवाफमा तृणमूल कांग्रेसको एक प्रतिनिधि मण्डल आज शुक्रवार हिंसा प्रभावित मणिपुरको भ्रमणमा जाने निर्धारित थियो। तर, यसलाई अहिलेको निम्ति स्थगित गरिएको छ।

पार्टी सूत्रहरू अनुसार, मणिपुर सरकारको अनुरोधमा भ्रमण स्थगित गरिएको हो। तृणमूल प्रतिनिधिमण्डलको भ्रमणबारे मणिपुर प्रशासनलाई जानकारी दिइएको थियो, तर प्रशासनले स्थिति अहिले नियन्त्रणमा रहेको र कुनै पनि टीमको भ्रमणले स्थिति खराब बन्न सक्ने बताएको छ। यस कारण भ्रमण स्थगित गरिएको छ। आवश्यकता परेको खण्डमा आगामी हप्ता बुधवार तृणमूल प्रतिनिधिमण्डल मणिपुर जान सक्छ।

उल्लेखनीय छ, तृणमूलका राज्यसभा सांसद एवं राष्ट्रिय प्रवक्ता डेरेक ओ ब्रायन, सांसद डोला सेन, काकोली घोष दस्तीदार, कल्याण ब्यानर्जी र सुष्मिता देवको सदस्यताको प्रतिनिधिमण्डल मणिपुर भ्रमणमा जाने छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement