मुख्य सचिवले चुनावी हिंसामा सामेल मानिसहरू चिन्हित गरेर कड़ा कारबाही गर्न आदेश दिए

00-1-Rajya-Samachar-12

कोलकाताः पश्चिम बंगालमा सम्पन्न भएको पञ्चायत चुनाउ अवधि भएको हिंसामा कम्तिमा ४७ जनाको हत्या भएको दाबी गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त घटनाहरू विरूद्ध कड़ा कारबाही गरिने आश्वासन दिएपछि राज्य सरकारले दस्तावेज तयार गर्ने प्रक्रिया शुरू गरेको छ।

राज्यका मुख्य सचिव हरिकृष्ण द्विवेदीले राज्यका सबै जिल्ला अधिकारीहरूलाई पत्र पठाएका छन्। यसमा गत शनिवार मतदानको दिनदेखि लिएर मंगलवार मतगणनासम्म हिंसामा सामेल मानिसहरू चिन्हित गरेर कड़ा कारबाही गर्न आदेश दिइएको छ। त्यसभन्दा अघि नामांकनदेखि लिएर मतदानसम्म जति पनि हिंसाका घटनाहरू भएका छन्, त्यसमा पुलिसले प्राथमिकी दर्ता गरेर कारबाही गरेको छ। यस कारण अहिले मतदानको दिनदेखि लिएर मतगणनाबीच भएका हिंसामा सामेल मानिसहरू विरूद्ध कारबाहीको आदेश दिइएको हो।

यसका साथै राज्यमा कानून व्यवस्था कायम राख्न कड़ा कदम उठाउनु पर्ने बताइएको छ। पत्रमा मुख्य सचिवले चुनाउ नियमहरू उल्लंघन गर्ने र हिंसाका अपराधहरूमा सामेल मानिसहरू विरूद्ध मामिला दर्ता गरेर कारबाही गर्न लगाइएका छन्।उल्लेखनीय छ, पश्चिम बंगालमा पञ्चायत चुनाउ अवधि मतदान केन्द्रहरूमा भारी हिंसा भयो, जसको चर्चा आज देशभरि नै भइरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement