कोलकाताः विगत सात दशकदेखि वनवासीहरूको समग्र विकास र धर्म-संस्कृतिको संरक्षणको निम्ति कार्य गरिरहेको संस्था वनवासी कल्याण आश्रले पवित्र श्रावण महिनामा श्री शिव महापुराण कथाको आयोजन गर्ने निर्णय लिएको छ।
पूर्वाञ्चल कल्याण आश्रमद्वारा जारी बयानमा भनिएको छ, आगामी १८ जुलाईदेखि २४ जुलाईसम्म कोलकाताको सल्ट लेक स्टेडियममा यसको आयोजन गरिने छ। यो आयोजन पुरुलियामा महाविद्यालयका विद्यार्थीहरूको छात्रावास निर्माणको निम्ति समर्पित छ।
उल्लेखनीय छ, वनवासी कल्याण आश्रमले जंगलका जनजातीय समुदायको समग्र विकासका साथै धर्म, संस्कृति संरक्षणको निम्ति लगातार काम गर्दै आएको छ। उनीहरूलाई राष्ट्रिय विकासधारासॅंग जोड्नका लागि शिक्षा, चिकित्सा, संस्कार र स्वावलम्बन हेतु वनांचलमा हजारौं परियोजनाहरू संगठनद्वारा चलाइएका छन्।
-हिस