फिल्म ‘अदिपुरूष’को याचिकाहरूमा सर्वोच्च अदालतले २१ जुलाईमा सुनवाई गर्ने

00-1-Adipurush-1

नयाँ दिल्ली: फिल्म ‘आदिपुरूष’लाई लिएर दर्ता गरिएको सबै याचिकाहरूमा सर्वोच्च अदालतले २१ जुलाईमा सुनवाई गर्नेछ। आज चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षता रहेको बेञ्च समक्ष फिल्म निर्माताको तर्फबाट मामिला उठाउँदै यस मामिलाको सुनवाई गर्ने माग गरियो। तब चीफ जस्टिसले भने, ‘यस मामिलामा २१ जुलाईमा सुनवाई तय भएको छ। हामी सोही दिन सुनवाई गर्नेछौंl’ फिल्म निर्माताको तर्फबाट भनियो, ‘इलाहाबाद उच्च अदालतको उक्त आदेश विरूद्ध पनि हामीले याचिका दर्ता गरेका छौं, जसमा हामीलाई अदालतमा पेश हुनलाई भनिएको छ। उक्त याचिकामा पनि त्यही दिन सुनवाई गर्ने आदेश दिइयोस्l’ त्यसपछि सर्वोच्च अदालत २१ जुलाईमा सुनवाई गर्न राजी भयो। इलाहाबाद उच्च अदालतले धार्मिक चरित्रहरूलाई गलत तरीकाले देखाएकोमा निर्माता, निर्देशक र संवाद लेखकलाई २७ जुलाईमा व्यक्तिगत रूपमा पेश हुनलाई भनेको छ। उच्च अदालतको यस आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिइएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement