सिलगढी: सिलगढी महकुमाको घोषपुकुर नजिकै राष्ट्रिय राजमार्ग ३१ मा ग्यास ट्याङ्कर र सरकारी बस ठोक्किए। यस घटनामा ६ जना घाइते भएका छन्। आज बिहान ग्यास ट्याङ्कर नाजुक अवस्थामा सडकमा उभिरहेको बेला पछाडीबाट आएको सरकारी बसले उभिएको ग्यास ट्याङ्करको पछाडिपट्टि ठोक्किएर बस पल्टिएको हो। दुर्घटना लगत्तै ग्यास ट्यांकरबाट ग्यास चुहिन थालेपछि पूरै क्षेत्रमा त्रास फैलियो। घटनाको जानकारी पाएलगत्तै घोषपुकुर चौकीको पुलिस घटनास्थल पुगेको थियो। पुलिस आएर दमकललाई खबर गरे। जानकारी पाएलगत्तै नक्सलबारी र सिलगढीबाट दुई दमकल घटनास्थलमा पुगे। पुलिस र दमकलले राहत तथा उद्धार कार्य गरी सडकमा आवतजावतलाई सामान्य बनाएका थिए भने घाइतेलाई अस्पताल पठाइएको थियो।