ओएनजीसीको पाइपलाइनबाट काँचो तेल लीक

00-1-Rashtriya-Samachar-9

शिवसागर: जिल्लाको कालूगाउँमा ओएनजीसीको पाइप पड्केको कारण पाइपलाइनबाट काँचो तेल लीक भइरहेछ। खरिकटिया आली र मोहन हजारिका आली नजिक खंरागढ़ आली सड़कमा ओएनजीसी चाराली जीजीएसतिर जाने तेल पाइपलाइनमा लीक भएको छ। बिहानदेखि लगातार तेल निस्किरहेको कारण क्षेत्रका मानिसहरू भयभित छन्। ओएनजीसीका अधिकारीहरूमाथि अत्यन्त पुरानो पाइपहरूको माध्यमले तेलको आपूर्ति गरी मानिसहरूको ज्यानलाई खतरामा पारिरहेको आरोप लागेको छ। चार दिनअघि पनि यही ठाउँमा काँचो तेलको पाइपलाइन पड्किएको थियो। ओएनजीसीको फायर ब्रिगेड घटनास्थलमा पुगेको छ। पाइप पड्किन्दा प्रायः तेल लीक भएको कारण स्थानीय मानिसहरूमा रोष छ। क्षेत्रमा तेल लीक हुने घटना लगातार भएकोले चिन्तित स्थानीय मानिसहरूले ओएनजीसीसित छिटोभन्दा छिटो पुरानो पाइपहरूलाई नयाँ पाइपसित साट्ने माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement