नयाँ दिल्ली: फ्रान्सको ‘ब्यास्टिल डे’को अवसरमा आयोजित फ्रान्सेली सैन्य परेडमा भारतका तीनैवटा सेनाका २६९ सदस्यीय टुकड़ीले पनि भाग लियो। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंको निमन्त्रणमा फ्रान्स पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी परेडमा सम्मानित अतिथिका रूपमा सामेल भए। उनले फ्रान्सका राष्ट्रपति म्याक्रोंको साथमा भारतीय दलसित भेट गरे। ब्यास्टिल दिवस समारोहमा भाग लिनको लागि भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई पनि फ्रान्समै छ।
भारतीय नौसेनाको स्वदेशी रूपमा डिजाइन र निर्माण गरिएको गाइडेड मिसाइल विध्वंशक आईएनएस चेन्नई ब्रेस्टमा आयोजित ब्यास्टिल दिवस समारोहमा भाग लिनको लागि फ्रान्स गएको छ। भारतीय समयानुसार आज अपरान्ह लगभग १:३० बजे प्रधानमन्त्री मोदी ब्यास्टिल डे परेडमा सामेल भए। फ्रान्सकी प्रथम महिला ब्रिगिट म्याक्रोंन र फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले पेरिसको ब्यास्टिल डे परेडमा प्रधानमन्त्री मोदीलाई स्वागत जनाए।
परेडपूर्व भारतीय नौसेनामा वायु संचालन अधिकारी दिशाले भनिन्, ‘मलाई औधी खुशी लागिरहेको छ र हामी ठूलो जोशमा छौं। हामी आफ्नो उत्कृष्ट प्रस्तुति दिनेछौं। भारतलाई अन्तरराष्ट्रीय देशमा प्रतिनिधित्व गर्न पाउँदा हामीलाई गर्व महसुस भइरहेको छ। यो हाम्रो लागि गर्वको कुरा हो, हामी प्रधानमन्त्री मोदीको सामुबाट मार्च गर्दै अघि बढ़्नेछौंl’ भारतीय नौसेनाको तर्फबाट रणवीरले भने, ‘हामीले आजको दिनको लागि पछिल्लो एक महिनादेखिकै तयारी गरिरहेका थियौं। हामीलाई धेरै गर्व महसुस भइरहेको छ, फ्रान्सको अत्यन्त महत्वपूर्ण परेडमा आफ्नो देशका प्रधानमन्त्रीको अगाड़ि भाग लिरहेका छौंl’
यसरी नै पंजाब रेजिमेन्ट, लोंगेवालाको २३औं बटालियनका क्याप्टन अमन जगतापले भने, ‘यो परेड मेरो र मेरो पल्टनको लागि एकदमै ठूलो गर्वको क्षण हो, किनभने हामी १०७ वर्षपछि त्यै ठाउँमा परेड गर्नेछौं, जहाँ मेरो पल्टनका पूर्खाहरूले परेड गरेका थिए। पहिलो विश्व युद्धमा ९०० भन्दा अधिक सैनिकहरूले फ्रान्सको सेनासित बलिदान दिएका थिएl’ –हिस










