बाढ़ पीड़ित परिवारहरू गाउँको स्कूलहरूमा, सुनसान घरहरू

73444a07-dcec-41a9-bf68-41759ebbeaf8

कालचिनीः गत बुधबार र बिहीबारको मुसलधारे बर्षासितै पाना खोलाको भल गाउँको झोड़ा भएर मेचपाड़ाको चियाकमानको सेक्सनहरु सोहोर्दै ताण्डव मच्याउन थालेपछि मेचपाड़ा पक्का लाईनका प्रायः ८० परिवार आफ्नो घरबाट विस्थापित भएका छन्। बिहीबार पाना खोलाले बाटो थुनेर घरभित्र जम्मै पानी घरभित्र पस्न थालेपछि मेचपाड़ा पक्का लाईनका बासिन्दाहरूले उद्धारको गुहार लगाउँदै बसेको थियो भने भारतीय वायुसेना र सिभिल डिफेन्सको राहत टोलीले प्रायः ४ घन्टाको अथक प्रयास पश्चात ८० परिवारलाई पक्का लाईनबाट सकुशल उद्धार गर्न सफल भएको थियो।


अहिले ती विस्थापित परिवारहरू मेचपाड़ा चियाबारीको २ नम्बर, ९ नम्बर र गोदाम लाईनका स्कूल औ क्लब घरहरूमा आश्रय लिएर बसेका छन् भने कोही आफ्नो आफन्तको घरमा ओत लाग्न पुगेका छन्। सबै परिवारहरू नै घर छोड़ेर निस्किएपछि हाल मेचपाड़ा पक्का लाईनमा छ त केवल घरहरू तर बिना मान्छेको। सबैको घरको आँगन र संघार बालुवा र माटोले पुरेको देखिएको छ भने आज खोलाको स्तर घटने बित्तिकै यहाँका बासिन्दाहरूले घरभित्रबाट आवश्यक कागजपत्र अनि लुगाफाटा काम लाग्ने जति लिएर पुनः राहत शिविरमा फर्किएका छन्। स्थानीय समाजसेवी श्यामल लामाले जुन दशा पक्का लाईनका बासिन्दाहरूले भोग्न परिरहेका छन् त्यो साह्रै दयनीय रहेको र घर भएर पनि आफ्नो घरमा बस्ने स्थिति नरहेको बताउँदै यथाशीघ्र यदि पाना खोला पसेको मुहानमा बाँध नबाँधिए मेचपाड़ाले अझै गम्भीर दुर्दशाको सामना गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको जनाएका छन्। अहिले गाउँलेहरू कोही आफन्तको घरमा त कोही गाउँको स्कूल र क्लब घरमा आश्रय लिन बाध्य परेको र गाउँले छिमेकीहरूले खाना खिचड़ी पकाएर दिइरहेको स्थितिको पनि पीड़ित गाउँलेहरूले जनाएका छन्। प्रशासनबाट राहतको हरेक व्यवस्था गरीने भनिएता पनि सरकारी पक्षबाट पीड़ित औ विस्थापितहरूले त्यस्तो कुनै सुविधा नपाएको पनि गुनासो गाउँलेहरूले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement