सिक्किम: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोले केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषद् स्वास्थ्य चिन्तन शिविरमा भाग लिन देहरादून पुगेका छन्। उनलाई देहरादून विमानस्थलमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषद् स्वास्थ्य चिन्तन शिविर र स्थानीय प्रशासनका अधिकारीले न्यानो स्वागत गरेका थिए । मुख्यमन्त्री १५औँ केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषद्/स्वास्थ्य चिन्तनको दुईदिने शिविरमा सहभागी हुन देहरादून पुगेका छन्। उहाँका साथमा पर्यटन, वाणिज्य तथा उद्योग तथा आईपीआरमन्त्री बीएस पन्थ, मुख्यमन्त्रीका सचिव एसडी ढकाल, स्वास्थ्य तथा परिवार कल्याण सचिव त्सेवाङ ग्यात्सो र सीएमओका अधिकारीहरू रहेका छन् ।