१२ फुट लामो अजिङ्गर कमानको सेक्सनबाट उद्धार

IMG-20230714-WA0311.jpg

कालचिनीः मेचपाड़ा ८ नम्बर डिभिजन अन्तर्गत पर्ने कमानको १८ए सेक्सनमा आज एउटा विशाल आकारको अजिङ्गर श्रमिकहरुले देख्दा कमानमा खैलाबैला मच्चिएको थियो। उक्त अजिङ्गरलाई हेर्न मानिसहरूको घुँईचो लागेको थियो भने यसको जानकारी हेमिल्टनगञ्ज रेञ्जलाई दिएको थियो।
तर बनकर्मीहरू ढिलो आउने सूचना पाएर कमानको श्रमिकहरूले नै उक्त अजिङ्गरलाई उद्धार गरेर बोराभित्र हालेर कमानको क्रेच हाउसमा राखेको थियो भने पछि बनकर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गरलाई लगेर मधु जंगलको कोर क्षेत्रमा छोड़ेको जानकारी प्राप्त भएको छ।
उक्त अजिङ्गरलाई उद्धार गर्ने कमानको यूनियन नेता राजु लोहारले अजिङ्गर लगभग १२ फूट लामो रहेको र समाउन हम्मे परेको तर पनि धेरै प्रयास पश्चात अजिङ्गरलाई समातेर बोराभित्र हालेर राख्दा बनकर्मीहरू आएर लिई गएको बताए। यता उक्त अजिङ्गरलाई लिन बनकर्मीहरू नआउञ्जेल महिला श्रमिकहरूले आगामी दिन उक्त सेक्सनमा काम गर्न जान नसक्ने आशङ्का व्यक्त गरेका थिए तर अजिङ्गरलाई लगेपछि मात्र श्रमिकहरूले ढुक्क मानेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement