गोरुबथान (निस): प्रतिवर्ष झैं यस वर्ष पनि सन्त फ्रान्सिस अशिशी विद्यालयले भव्यरुपमा २०९ौ भानु जयन्ती मनायो।गोरुबथानका वयोवृद्ध साहित्यकार विलियम फिपन ‘शोल्टी’ ,साहित्यकार शितम मोक्तान,प्रधाअध्यापिका ममता राई बेनर्जी र संस्थापक जोन ब्रिटो बेनर्जी कार्यक्रमका विशिष्ट अतिथि थिए। अतिथीहरुको बाहुलीबाट द्वीप प्रज्वलन तथा माल्यार्पण गरि शुरु गरिएका कार्यक्रम विद्यालयका सह शिक्षक सुमन राईले सन्चालन गरेका थिए।स्वागत भाषण सह शिक्षक महेश्वर प्रधानले राखेपछि छात्र प्रज्ञान छेत्रीले स्वागत गीत गाए। कार्यक्रममा नेपाली नृत्य तथा प्रथम श्रेणीदेखि पाँचौ श्रेणीसम्म सामुहिक कविता वाचन गरे।अन्तर सदन प्रतियोगिता अन्तर्गत सामुहिक कविता वाचन गरिएको थियो।यसै गरी छैटौ श्रेणीदेखि दसौँ श्रेणीसम्मका नानीहरुले सुन्दर कविता वाचन गरेर सबैलाई मन्त्रमुग्ध बनाए। विद्यालयका शिक्षिका एकता थापा प्रधानले आदिकवि भानुभक्त आचार्यको जीवनी पठन गरे।अन्तर सदन कविता वाचन प्रतियोगिताको फलाफल घोषणा पछि महेश्वर प्रधानले धन्यवाद ज्ञापन गरे।