चन्द्रयान-३ मिशन सफलतापूर्वक लञ्च

00-1-Chandrayaan-3

नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले शुक्रवार श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रमाको लागि चन्द्रयान-३ मिशनलाई सफलतापूर्वक लञ्च गऱ्यो। चन्द्रयान-3 ल्याण्डर, रोवर र पपुलेशन मड्यूलद्वारा युक्त छ। चन्द्रयान-३ को कक्षामा सफल प्रक्षेपण पश्चात इसरोमा उत्साह मनाइयो। त्यसपछि इसरो वैज्ञानिकहरूले प्रक्षेपण यानबाट उपग्रह सफलतापूर्वक छुट्टिएको घोषणा गरे। अब उपग्रहलाई चन्द्रमा तर्फ यात्रा शुरू गर्नको लागि आवश्यक कक्षामा स्थापित गरिएको छ। यसपूर्व प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय चन्द्र मिशनहरूको महत्वलाई रेखांकित गर्दै चन्द्रयान-३ को लागि शुभकामना दिएका थिए।

कक्षा उत्थान प्रक्रियापछि चन्द्रयान-३ लाई चन्द्र स्थानान्तरण प्रक्षेप पथमा पुऱ्याइनेछ। 3 लाख किमीभन्दा अधिक दूरत्व तय गर्दै यो आगामी साता चन्द्रमामा पुग्नेछ। यहाँ सफ्ट ल्याण्डिङ गरेपछि यानमा रहेको वैज्ञानिक उपकरणले चन्द्रमाको सतहको अध्ययन गर्नेछ। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *