सोनादा साहित्य संस्थान् र सोनादा ग्रामीण पुस्ताकालयको संयुक्त आयोजनामा आज २०९औं भानु जयन्ती समारोह सम्पन्न

IMG-20230714-WA0252.jpg

सोनादा: सोनादा साहित्य संस्थान् र सोनादा ग्रामीण पुस्ताकालयको संयुक्त आयोजनामा आज २०९औं भानु जयन्ती समारोह सम्पन्न गरिएको छ। उक्त कार्यक्रम हिज नगरेर आज आयोजना गरिएको छ। उक्त कार्यक्रम सोनादाको न्यु लाइट सार्वजनिक भवनमा देवकुमार प्रधानको अध्यक्षता र जीटीएको सूचना एवं सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोनादा साहित्य संस्थानको सचिव नरेश कटुवालले स्वागत सम्भाषण राखेको कार्यक्रममा स्वागत नृत्य अमर शर्मा इन्द्र कमल परिवारले गरेका थिए भने रामायण पाठ सदभावना वरिष्ठ नागरिक समूह सोनादाले गरेका थिए। कार्यक्रममा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूले कविता वाचन गरेका थिए। कार्यक्रममा आदि कवि भानुभक्त अाचार्यको संक्षिप्त जीवनी प्राध्यापक मेघनाथ छेत्रीले वक्तव्य राखेका थिए। त्यसरी नै जोगेन दर्नालले वक्तव्य राखेका थिए। त्यसै कार्यक्रममा साहित्यकारहरूका पत्नीहरू क्रमैले अनुका सुब्बा, दिलमाया कार्की, सपना छेत्री, रुपा सुब्बा, विष्णु घिसिङ, चन्द्रकला गुरुङ र सोनादा ग्रामीण पुस्ताकालयको अवकाशप्राप्त कर्मचारी लालमाया राई शेर्पा आदिलाई सोनादा साहित्य संस्थानको तर्फबाट सम्बर्ध्दना जनाइएको थियो।

कार्यक्रममा सलीम लोहारले गीत, मुकुन्द बम्जन, विमर्श गुरुङ आदिले कविता पठन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कार्यकारी सभासद अनोश थापा, सभाध्यक्ष देवकुमार प्रधान आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सोनादा साहित्य संस्थानको कोषाध्यक्ष रामराज राईले राखेका थिए। कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा साहित्य संस्थानको सचिव नरेश कटुवालले विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *