दार्जीलिङ सिक्सटी प्लस एसोसिएशनद्वारा भानु जयन्ती पालन 

00-1-Bhanu-Jayanti-60-plus

सिलगढी: यहाँको दार्जीलिङ सिक्सटी प्लस एसोसिएशनद्वारा दुर्गा गढी दार्जीलिङ मोडस्थित कार्यालयमा १३ जुलाईका दिन आदिकवि भानुभक्तको २०९औं जन्म जयन्ती भव्यताका साथमा पालना गरियो। संस्थाका अध्यक्ष पी एस घिमिरेको अध्यक्षतामा कार्याकारी अध्यक्ष श्रीमती रेणु सुब्बा, सल्लाहकार अवकाशप्राप्त कर्णल महेश सुब्बा अनि वरिष्ठ कार्यकारी सदस्या बद्री देबी शर्माद्वारा कविको फोटो अघि दीप प्रज्ज्वलन खदामाला अनि पुष्प अर्पण गरेपछि उपस्थित सबै सदस्यहरूले पनि पुष्प अर्पणगरी कार्यक्रमको प्रारम्भ गरियो। यसपछि श्रीमती रेणु सुब्बा अनि बद्रीदेबी शर्माद्वारा सयुंक्तरूपमा रामायण पाठ गरियो। संस्थाका महा सचिव मणिकुमार शर्माले सञ्चालन गरेको कार्यक्रममा कार्यालय सचिव दुर्गा साम्बाद्वारा “भानु तिमी फर्किआउनु” स्वरचित कविता पाठ गरियो साथै महा सचिव मणिकुमार शर्माद्वारा पनि वर्त्तमान पिढिको नेपाली भाषा प्रतिको उदासिनता लिएर “एउटा व्यथा यस्तो पनि” स्वरचित कविता पाठ गरियो। कोषाध्यक्ष लक्ष्मण नेपालले आदिकवि भानुभक्तको कृतिलाई नेपाली समाजमा ल्याउने मोतीराम भट्टलाई पनि सम्झनु पर्छ  भनि वक्तव्य राखेl भानुभक्त्त रामायणमा उल्लेखित रामायण कथाको अन्तिम दृश्य कथाको रूपमा रख्दै श्रीरामका भाइ लक्ष्मणको जल समाधि पश्चात् श्रीरामले पनि जल समाधि वरण गरेको तथ्यलाई साँझा गरेको उनले बताए। संस्थाका विज्ञ सदस्य ए के गोम्देनद्वारा घाँसीको प्रेरणादायक बिचारहरूको उद्धृत गरियो जसको कारण भानुभक्त आचार्य आदिकवि भए, उनै घाँसी चागुनारायण पन्थ( भनिन्छ) आज ओझेलमा परेका र यसमा अझ खोजी हुनु आवश्यक रहेको आफनो वक्तव्यमा राखे। सल्लाहकार महेश सुब्बा, कार्यकारी सदस्य बी डी तामङ, सयुक्त सचिव कैलाश शेर्पा अनि सद्सय कृष्ण बहादुर छेत्रीद्वारा पनि कार्यक्रम सम्बन्धी वक्तव्य पेश गरियो। अन्तमा अध्यक्ष पी एस घिमिरेले भने, ‘जसरी आदिकवि भानुभक्तले सहज भाषामा रामायण लेखी नेपाली समाजको जनजिब्रोमा समन्वित हुनाले नेपाली समाजमा एकताको भावना पनि जागृत गराए त्यसरी नै भानु जयन्तीलाई केन्द्रित गरी यसलाई सिलगढीमा पनि बृहतरूपमा एउटा छहारीमुनि भव्यताको साथमा मनाउन यस संस्थाले पहल गर्नुपर्छl यस पछि नै अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यकम समाप्तिको घोषणा गर्नुभयो भनि संस्थाका महा सचिव मणिकुमार शर्माले विज्ञप्ति जारी गरेका हुन्।

About Author

Advertisement