खरसाङ: सरकारद्वारा पानीको परियोजना लिएर सम्बन्धित विभागीय पक्षबाट पञ्चायत क्षेत्रमा कार्य गरिहेका छन् भने नगरपालिका क्षेत्रमा पनि अमरूत २.० परियोजना लिएर खरसाङ नगरपालिकाले सरकारसंग जोगाजोग एवं डीपीआर बुझाई सकेका छन्। वर्तमान खरसाङमा नयाँ महकुमा अधिकारी आउन साथ-साथै खरसाङ नगरपालिकाको विभिन्न परियोजना लिएर भलाकुसारी गरी निरन्तर जनहितले उपभोग गर्न सकुन भन्ने उद्देश्यले खरसाङ नगरपालिकालाई सहयोग गरिरहेको र यसै अनुरूप आज महकुमा कार्यालयमा महकुमा अधिकारीकै तत्परतामा खरसाङ नगरपालिका अन्तर्गत पानीको परियोजना अमरूत २.० विषय लिएर खरसाङको भूमि सुधार विभागीय अधिकारी, पानीको निरीक्षण गरिरहेका नेक्पन कम्पनी एवं खरसाङ नगरपालिका पक्षबाट अध्यक्ष ब्रिगेन गुरूङ र उपाध्यक्ष सुवास प्रधान, एसएई गोविन्द अधिकारी, एस आई रमेश सुब्बाको उपस्थितिमा सम्बन्धित विभागीय अधिकारीहरूसँग आनलाइन सभा सम्पन्न गरियो। कारण चाढै नै बालसनबाट पम्प गरेर पानी ल्याएर २४ घण्टा पानी जनताले पाउन सकुन् तर पानीमा मिटर अनुरूप जति घर-परिवारमा चाहिन्छ।

त्यसमा कर लगाइने उद्देश्य रहेको छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी खरसाङ नगरपालिकाको एसएई गोविन्द अधिकारीलो विस्तृत रुपमा जानकारी गराएका छन्।