सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः भा-तकभर युनाइटेड एफसी-को एकतर्फी जीत

photocollage_2023714155336415.jpg

१४ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा भा-तकभर युनाइटेड एफसी-ले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा शुक्रवार खेलिएको म्याचमा भा-तकभर युनाइटेड एफसी-ले क्विक रेस्पोन्स टीमलाई ७-१-ले पिट्यो। ग्रुप सी-को यस म्याचमा विजेता टीमबाट अजनिश राईले २ गोल गरे। यसबाहेक रिन्छेन तामाङ, रुपसांग तामाङ, निबदेन तामाङ, सिद्धान्त गुरुङ र शुभम सेवाले १-१ गोल गरे। यसरी क्विक रेस्पोन्स टीमबाट अविनाश तामाङले १ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *