जलपाइगढीमा रेड अलर्ट

fb731d70-0d02-40f8-acfc-eefd6bdfc5b7


टिष्टा, जलढाकालगायत पहाडी नदीमा पानीको बहाव बढेको छ

जलपाइगढी: हिजोदेखि परेको अविरल वर्षाका कारण पूरै जलपाइगढी जिल्लामा बाढीको सम्भावना छ। पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण टिष्टा, जलढाकालगायतका पहाडी नदीमा पानीको बहाव बढेको छ । टिस्टा ब्यारेजबाट २६३९ दशमलव ४२ क्युमेक पानी छोडिएको छ ।
बाढी नियन्त्रण विभागले टिस्टाका असुरक्षित क्षेत्रमा रातो सङ्केत र संरक्षित क्षेत्रमा पहेँलो सङ्केत जारी गरेको छ । यसबाहेक एनएच ३१ जलढाका नदीमा पनि खतराको संकेत छ। सबै नदीको पानीको सतह बढेपछि बिस्तारै जलपाइगढी जिल्लामा बाढीको अवस्था सिर्जना भएको छ । बिहीबार नदीमा पानीको बहाव बढेपछि जिल्लाका बन्नेरहाट, एथेलबारीलगायतका धेरै क्षेत्र डुबाउमा परेका छन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *