धर्ती मातालाई एक दिन कार्यक्रम वृहत रूपमा आयोजना गरिने

गान्तोक। पृथ्वीको संरक्षण गर्नुपर्छ भन्ने विचारलाई कार्यमा उतार्दै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा प्रतिवर्ष ७ जुलाईको दिन पालन गरिने धरती मातालाई एक दिन कार्यक्रम योपाली वृहत रूपमा पालन गरिने राज्यका वन मन्त्री कर्मा लोडे भोटियाले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्।

जानकारी गराइन्छ, २०१९-मा प्रेमसिंह तामाङको नेतृत्वमा राज्यमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि नै ७ जुलाई २०१९-मा मुख्यमन्त्री प्रेमसिंह तामाङले दक्षिण सिक्किमको खिँचुडुम्रामा आयोजित विरुवारोपण कार्यक्रम अवधि मुख्यमन्त्री तामाङले धरती मातालाई एक दिन कार्यक्रमको शुभारम्भ गरेका थिए। यसपाली वन महोत्सव सप्ताहको रूपमा १ जुलाईदेखि ७ जुलाईसम्म देशव्यापी कार्यक्रम आयोजन गरिनेछ। दिन धरती मातालाई एक दिन कार्यक्रम नै वन महोत्सवको समापन दिन हुनेछ। ७ जुलाई धरती मातालाई एक दिन अवधि बिहान ११ बजी ७ मिनट सिक्किम राज्यभरि नै वाहनको चलाचल ठप्प रहनेछ। उत्सवको मुख्य उद्देश्य सिक्किमका मानिसहरूलाई वातावरणको संरक्षणबारेमा चेतना जगाउनको लागि हातमा हात मिलाएर एकसाथ ल्याउनु पर्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *