सिलगढीः लगातारको वर्षाका कारण सिलगढी महानगरपालिकाको वार्ड नम्बर ३१ को अशोक नगर लगायतका क्षेत्र डुबाउमा परेका छन्। हरेक वर्ष मनसुनमा यस क्षेत्रको अवस्था यस्तो हुने गरेको छ। क्षेत्रमा झण्डै घुँडासम्म पानी जमेको छ। बाटोमा हिड्ने मानिसहरुले सास्ती खेप्नु परेको छ। राजनीतिज्ञ र स्थानीय प्रशासनले हरेक वर्ष खानेपानी समस्या समाधान गर्ने आश्वासन दिए पनि समस्या समाधान नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।