पदार्पण टेस्टमै शतक बनाएर गावस्करको विशेष क्लबमा सामेल भए जयसवाल

IMG-20230714-WA0138.jpg

१४ जुलाईः भारतीय ओपनर यशस्वी जयसवालले बिहीवार डोमिनिकाको विण्डसर पार्कमा वेष्ट इण्डिज विरुद्ध जारी पहिलो टेस्ट म्याचमा शतक (अविजित १४३) बनाएर विशेष उपलब्धि हासिल गरे। उनी भारतको तर्फबाट पदार्पण टेस्टमै शतक बनाउने १७औं खेलाड़ी बने। मुम्बईका यस युवा क्रिकेटरले म्याचमा शतक बनाउनको साथै कप्तान रोहित शर्मासँग २२९ रनको पार्टनरशीप पनि गरे। पदार्पण टेस्टमै शतक बनाउने अन्तिम भारतीय ब्याटर श्रेयस अय्यर थिए, जसले न्यूजील्याण्ड विरुद्ध घरेलु सीरीजमा शतक बनाएका थिए। यसपाली जयसवाल वेष्ट इण्डिजमा पदार्पण टेस्टमा ५० भन्दा अधिकको स्कोर बनाउने सुनिल गावस्करपछि दोस्रो भारतीय बने। यसरी नै उनी शिखर धवन र पृथ्वी सावपछि पदार्पण टेस्टमा शतक बनाउने तेस्रो भारतीय ओपनर बने। धवनले २०१३-मा अष्ट्रेलिया विरुद्ध मोहालीमा १८७ रन बनाएका थिए जबकि सावले २०१८-मा राजकोटमा १३४ रन बनाएका थिए। टेस्ट म्याचको कुरा गर्दा भारतले दोस्रो दिनको खेल समाप्त हुँदासम्म २ विकेट गुमाएर ३१२ रन बनायो। यसरी भारतसँग अहिले पहिलो ईनिंग्सको आधारमा १६२ रनको बढ़त रहेको छ। भारतको पहिलो ईनिंग्समा जयसवालको साथमा कप्तान रोहितले पनि शतक बनाए। रोहित १० वटा चौका र २ वटा छक्काको साथ १०३ रन बनाएर आउट भए। शुभमन गिलले केवल ६ रन बनाए। दिनको खेल समाप्त हुँदासम्म जयसवाल ३५० बलमा १४ वटा चौकाको साथ १४३ रनमा अविजित रहे। विराट कोहली पनि ३६ रनमा अविजित रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement