१४ जुलाईः चेक रिपब्लिककी २४ वर्षीय मार्केटा वोण्ड्रोसोवा विम्बल्डन टेनिस च्याम्पियनशीपको महिला एकल फाइनलमा पुग्ने पहिलो गैर वरीयता प्राप्त खेलाड़ी बनिन्। उनले नौ महिना अघि आमा बन्ने युक्रेनकी एलीना स्वितोलिनाको फाइनल खेल्ने सपनालाई तोड़िन्। सेमिफाइनलमा वोण्ड्रोसोवाले सीधा सेटमा ६-३, ६-३-ले जीत हासिल गरिन्। फाइनलमा उनको भिड़न्त ट्यूनिशियाकी ओन्स जेब्यूरसँग हुनेछ। जेब्यूरले रोमाञ्चक म्याचमा बेलारुसकी आर्यना सबालेंकालाई ६-७ (७), ६-४, ६-३-ले पराजित गरी लगातार दोस्रोपल्ट फाइनलमा स्थान बनाइन्। म्याचमा पहिलो सेट गुमाउनको साथै दोस्रो सेटमा २-४-ले पछाड़िए पनि विश्वकी छैटौं नम्बरकी खेलाड़ीले असाधारण पुनरागमन गर्दै म्याच जितिन्। महिला एकलको फाइनल शनिवार खेलिनेछ।