खरसाङ: लगातार रूपमा हिजो दिउँसोदेखि परिरहेको पानीको कारण आज बिहानीको समय खरसाङ महकुमाको दुधेदेखि लङ्भ्युतिर रोडमा पैह्रो गएको छ। बिहानको समय लगभग ८ देखि ९ बजेको समयावधि दुधेदेखि लङ्गभ्यु जाने रोडमा अचानक पह्रौ गएर दुईवटा घरलाई क्षति पुर्याएको जानकारी प्राप्त भएको छ। उक्त पेह्रोले दुधेको एउटा मिल दोकानलाई पनि पूर्णरुपले क्षति पुय्राएको छ भने सुदिप विश्वकर्माको घरलाई पनि भत्काएको अनि पैह्रोको सबै लेदो र पानी घरभित्र सबै पसेको बताइएको छ। उक्त पैह्रोमा बाटो र घरलाईको क्षति भए तापनि जनको भने कुनै क्षति नभएको बताइएको छ। वर्षाको शुरुवातमा नै यसरी पैह्रौ गएपछि दुधेवासीले असुरक्षित महसुस गर्न थालेका छन्।