गान्तोक (केएन शर्मा): पश्चिम सिक्किमको गेजिङ जिल्लामा पनि 109औं भानु जयन्ती भव्यरुपमा पालन गरियो। बिहान स्थानीय क्योङ्गसामा अवस्थित विश्वकै वृहत भानु शालिगमा समारोहका मुख्य अतिथि तथा सिक्किम सरकारका मन्त्री भीमहाङ सुब्बाको वाहुलीबाट खदा सहित पुष्प गुच्छा अर्पण गरिएको थियो। पश्चिम सिक्किम साहित्य प्रकाशन र जिल्ला प्रशासन केन्द्रको सहकार्यमा आयोजना गरिएको यस समारोहमा यस वर्ष स्रष्टा पुरस्कार कविता विधामा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाललाई प्रदान गरियो भने कथा विधामा वरिष्ठ साहित्यकार एंव हिमालय दर्पणका दैनिक समाचारपत्रका प्रमुख सम्पादक सिलगडी सुकुना निवासी शिवु छेत्रीलाई प्रदान गरियो। यसरी नै निबन्ध विधामा छिमेकी देश नेपालका वरिष्ठ साहित्यकार सीता तमुस्योलाई उनको निबन्ध घाटुको परिचयका निम्ति प्रदान गरियो। यसरी नै आयोजक पक्षद्वारा मुख्य अतिथि जन स्वास्थ्य अभियान्त्रीकी विभागका मन्त्री भिमहाङ सुब्बाले स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।
जिल्लास्तर रूपमा आयोजना गरिएको यस भानु जयन्ती समारोहमा सिक्किम औध्योगिक विकास निगमका अध्यक्ष जनक गुरूङ, अध्यक्ष हरि नारायण सुवेदी,जिल्लापाल एंव समारोह समितिका अध्यक्ष यस्से डी योङडा, अतिरिक्त जिल्लापाल खेम राज भट्टराई, वरिष्ठ पुलिस अधिकक्षक अर्जुन तामाङ, पध्मश्री केदार गुरूङ, पध्मश्री खाण्ढु वाङछुक भोटिया लदायत अन्यको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय विभिन्न पाठशालाबाट विभिन्न भाषा विषयमा उत्कृष्ट अङक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री भीमहाङ सुब्बाले आदिकवि भानुभक्तको जिवनीबाट सबैले शिक्षा लिनुपर्ने बताए। कार्यक्रममा स्रष्टा पुरस्कार प्रापक साहित्यकार भाम ठट्टाल र शिवु छेत्रीले पनि सम्बोधन गरे। यसरी नै कार्यक्रममा रामायण पाठ, कथा, निबन्ध कविता आदि पाठ गरिएको थियो। सबै प्रतिभागीलाई पुरस्कार सहित प्रमाण पत्र प्रदान गरियो।
यसैगरी गेजिङ जिल्लाको देन्ताममा पनि २०९औं भानु जयन्ती समारोहलाई पालन गरेको समाचार प्राप्त भएको छ। देन्ताम बरिष्ठ माध्यमिक विद्यालयको भवनमा सम्पन्न कार्यक्रमा जिल्ला पन्चायत सदस्य दिनेश गुरुङ मुख्य अतिथी रहेका थिए।