कोलकाताः पञ्चायत चुनाउमा आफ्नो घर छेउको मतदान केन्द्रमा पराजयको सामना गर्नु परेका भाजपाका पूर्व प्रदेश अध्यक्ष दिलीप घोषले बिहिवार बिहान मुख्यमन्त्री ममता ब्यानर्जी विरूऋ तिखो प्रतिक्रिया गरेका छन्। एक दिनअघि सीएम ब्यानर्जीले प्रेस कन्फ्रेन्समा राज्यमा केवल १९ जनाको मृत्यु भएको आंकडा सरकारसॅंग रहेको र उनीहरूलाई वित्तीय सहायता प्रदान गरिने बताएकी थिइन्। ममताले हिंसाका घटनाहरूमा उनको कुनै दोष नरहेको पनि बताएकी थिइन्।
यसलाई लिएर दिलीप घोषले भने, राज्यकी मुखियालाई यदि राज्यमा चुनाउको दिन ४७ जनाको मृत्यु भएको विषयमा उनको के गल्ती भन्ने थाहा छैन भने राज्यका मानिसहरू रामको भरोसामा छन्। ४७ जनाको मृत्युको खबर पुष्टि गरेर चलाइएको छ तर मुख्यमन्त्रीले केवल १९ जनाको मृत्यु भएको देखिरहेकी छन्। प्रत्येक ठाउॅंमा उनको पुलिस प्रशासन विफल बनेको छ। उनको मानिसहरूले मारिरहेका छन् र प्रशासनको विफलताका कारण मरिरहेका छन्। तरै पनि मुख्यमन्त्रीले मेरो के दोष भनिरहेकी छन्। चुनाउ आयुक्त राजीव सिन्हालाई रबड स्ट्याम्प बताउॅंदै घोषले भने, उनी सत्ताधारी पार्टीका मानिसहरूको इशारामा नाचुन् भनेर नै उनलाई आयुक्त बनाइएको हो। कोर्टले प्रत्येक दिनले फटकार लगाएको छ, तर कुनै फरक परेको छैन।