नाम्ची जेलमा एक विचारधीन वन्दिले गरे आत्महत्या

गान्तोक|नाम्चीको सुधारगृहमा रहेका एक विचारधीन बन्दी आत्महत्या गरेको समाचार प्रकाशमा आएको छ। २८ वर्षीय ओम प्रकाश शर्मा पोक्सोको मुद्दामा पक्रा परेका थिए। हालको उनको मुदद्दा विचारधीन रहेको जानकारी प्राप्त भएको छ। बुधबार राति शर्माले जेलभित्र नै आत्महत्या गरेका थाह लागेको छ। सुत्रले बताए अनुसार उनले व्ल्याङकेटको डोरी काटेर त्यसको सहायताले आत्महत्या गरेका हुन्। मृतकको मूल घर दक्षिण जिल्लाको क्यूजिङ रहेको बताइएको छ। उनलाई आइसोलेनस कोठामा कोरोनाको जाँच गरेपछि राखिएको थियो। घटनाक्रम अनुसार आरोपीलाई २६ जूनको दिन राबोङबाट नाम्ची जेलमा ल्याइएको थियो। उनलाई जेलमा ल्याएको दिन कोरोनाको आरटीपीसीआर जाँच गरेपछि आइसोलेसनमा राखिएको थियो। कोरोनाको रिपोर्ट नआएसम्म आइसोलेसनमा राख्दै आइरहेको सुत्रले जानकारी गराएको छ। बुधबार राति दुई ९.३० सम्म आइसोलेसनमा रहेका अर्को आरोपीसँग कुराकनी गरेको गरेका थिए। तर बिहान सेल खोल्दा उनलाई मृत अवस्थामा अर्थात झुण्डिरहेको अवस्थामा जेल पुलिसले भेटेको जान्नमा आएको छ। उक्त घटनालाई लिएर हाल जाँच भइरहेको थाह लागेको छ। जाँच सकेपछि उनको शवलाई पोस्टमार्टमको निम्ति पठाइने भएको छ। उल्लेखनीय छ, आरोपीले आफ्नै १३ वर्षीया छोरीसँग यौन दुर्व्यवहार गरेको कारण पत्नीले थानामा सिकायत दर्ता गरेपछि पक्राउ गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *