दिल्लीमा आइतबारसम्म स्कूल, कलेजहरू बन्द, कार्यालयहरूमा पनि ‘वर्क फ्रम होम’

00-1-Gurugram

नयाँ दिल्ली: दिल्लीमा यमुना नदीको जलस्तर बितेको राति झन् बढ़ेपछि तल्लो क्षेत्र पानीले भरिएको छ। पानी भरिएर सड़क एवं घरहरूको अवस्था गम्भीर भएको छ। ठाउँ-ठाउँमा ट्राफिक जामको समस्या भइरहेको छ। सतर्कताको रूपमा राजधानीका सबै शिक्षण संस्थानहरूलाई आगामी आइतवारसम्मको लागि बन्द राखिएको छ। सरकारी एवं निजी कार्यालयहरूमा अत्यावश्यक नहुञ्जेलसम्म ‘वर्क फ्रम होम’ नीतिलाई अप्नाउनेमाथि बल दिइएको छ।

स्थितिलाई मध्यनजर गर्दै बिहीबार दिल्ली आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए)को बैठक सम्पन्न भयो। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै बैठकमा केही महत्वपूर्ण निर्णय लिइएको जानकारी गराए। उनले भने, ‘स्कूल, कलेज एवं विश्वविद्यालयहरूलाई आइतबारसम्म बन्द राख्ने निर्णय लिइएको छ। सबै सरकारी कार्यालयमा आवश्यक सेवा बाहेक अन्य कर्मचारीहरूको वर्क फ्रम होम हुनेछ। प्राइभेट संस्थानहरूसित पनि अपील गरिँदैछ,  उनीहरूले पनि आफ्ना कर्मचारीहरूको निम्ति वर्क फ्रम होम गराइयोस्l’ उनले भने, ‘दिल्लीको वजीराबाद, चन्द्रावल र ओखला वाटर ट्रिटमेन्ट प्लान्टलाई बन्द गरिएको छ जसले गर्दा मानिसहरूलाई पिउने पानीको समस्या हुनसक्छ। अब पानीको राशनिंग गरिनेछl’

मुख्यमन्त्रीले अझ भने,’यमुना नदीको बढ़्दो जलस्तरलाई केन्द्र गरेर आवश्यक वस्तुहरू बाहेक अन्य भारी वाहनहरूलाई राजधानीमा आवागमन गर्न दिइनेछैन। सतर्कताको रूपमा सिंघू बर्डर, बदरपुर बर्डर, लोनी बर्डर र चिल्ला बर्डरबाट वस्तुहरूको ढुवानी गर्ने भारी वाहनहरूको प्रवेशमाथि प्रतिबन्ध लगाइएको छ। हरियाणा, हिमाचल प्रदेश, चण्डीगढ़, जम्मू-कश्मीर, उत्तराखण्डबाट आउने अन्तरराज्यीय बसहरू आईएसबीटी कश्मीरी गेटमा नगएर सिंघू बर्डरमै बस्नेछ। आवश्यक सेवाहरू जस्तै खाद्य पदार्थ अनि पेट्रोलियम उत्पादहरूलाई लिएर आउने वाहनहरूमाथि कुनै प्रकारको प्रतिबन्ध लगाइएको छैन। राहत शिविरहरूबाट मानिसहरूलाई स्कूलहरूमा स्थानान्तरित गरिँदैछ ताकि उनीहरूलाई टयलेट र बाथरूम सम्बन्धी समस्या नहोस्। -हिस

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement