हामी सबैले भानुभक्तबाट प्रेरणा लिनुपर्छ: राज्यपाल

IMG-20230713-WA0353.jpg

गान्तोकः नेपाली साहित्य परिषदको तत्वावधानमा आयोजित २०९औं राष्टियस्तरीय भानु जयन्ती समारोहको पहिलो चरणको कार्यक्रम जिरोपोइन्टस्थित भानु उद्यानमा सम्पन्न भयो। यस कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपालले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिँदै यस प्रकारको कार्यक्रमले जातिको भाषा, साहित्य र संस्कृतिको संरक्षण हुनको साथै राष्ट्रिय एकतामा पनि थप टेवा पुग्ने जनाए। भाषालाई जीवन्त राख्ने उद्देश्यले भानु जयन्ती पालन गरिएकोमा उनले सबैलाई बधाई एवम् शुभकामना दिए।

भाषाले मानव समाजलाई बचाइराखेको जानकारी गराउँदै भाषाको संरक्षणमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले आग्रह गरे। भानुभक्तले सरल भाषामा रामायणलाई अनुवाद गरेपछि सबैले नेपाली भाषामा बोलचाल शुरू गरेको उनले बताए। हामी सबैले भानुभक्तबाट प्रेरणा लिनु पर्छ भनी राज्यपालले सुझाउ दिए।

मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधनमा भानु जयन्तीको अवसरमा सबैलाई बधाई एवम् शुभकामना दिँदै सबैको सुख, शान्ति र एकताको कामना गरे। महान आदर्शका प्रतीक भानुभक्तले रामायणलाई सरल भाषामा अनुवाद गरेर सबै नेपालीलाई शिक्षित बन्ने प्रेरणा दिएको उनले बताए। आदिकवि भानुभक्तले विभिन्न कठिन परिस्थितिसँग जुझ्दै आफ्नो कार्यलाई निरन्तरता दिँदै हाम्रो लागि अमूल्य कृति छाडेर गएको उनले बताए। भानु उद्यानमा आयोजित कार्यक्रममा राज्यपाल र मुख्यमन्त्रीले आदिकवि भानुभक्त आचार्यको सालिगमा श्रद्धासुमन अर्पित गरे। यसैरी, कार्यक्रममा उपस्थित अन्य गणमान्य व्यक्तिहरूले पनि आदिकविप्रति श्रद्धाञ्जली अर्पित गरे। यसपछि, भानु उद्यान परिसरबाट सांस्कृतिक झॉंकी निकालियो जुन शहरको परिक्रमापछि मनन भवन पुगेर समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement