कोलकाताः राज्यसभा चुनाउको निम्ति भाजपा उम्मेद्वार अनन्त महाराजले बिहीवार विधानसभा सचिवालयमा पुगेर आफ्नो नामाङ्न दर्ता गराए। यस अवधि नेता प्रतिपक्ष शुभेन्दु अधिकारी, केन्द्रिय राज्यमन्त्री निशिथ प्रमाणिक एवं प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदार समेत केही प्रमुख नेताहरू उपस्थित थिए।
सचिवालय सूत्रले बताए अनुसार अनन्त महाराजले आज नामाङ्कन दर्ता गरे जसलाई स्वीकार गरिएको छ। नामाङ्कन दर्ता गराउने आज अन्तिन दिन थियो। पश्चिम बंगालमा राज्यसभाको छःवटा सीटमा आगामी २४ जुलाईमा हुने चुनाउमा भाजपाले अनन्त महाराजलाई उम्मेद्वार बनाउने घोषणा गत बुधवार गरेको थियो। यसपूर्व मंगलवार निशिथ प्रमाणिकले महाराजको घरमा गएर उनीसित भेटघाट गरेका थिए। प्रमाणिकले बताएका थिए, महाराजलाई राज्यसभा उम्मेद्वार हुने अफर दिइएको छ जसलाई उनले स्वीकार गरेका छन्।
वर्ष १९५२- देखि यता यस्तो पहिलो पटक भएको छ जतिबेला पश्चिम बंगालबाट भाजपाले आफ्नो दममा कसैलाई राज्यसभामा पठाइरहेको छ। वर्तमानमा भाजपाका ७० विधायक छन् जबकि राज्यसभाका एकजना सदस्यलाई चुनाउ जिताउनको लागि न्यूनतम ४९ विधायकहरूको समर्थनको आवश्यक्ता पर्दछ। तृणमूल कंग्रेसले पहिला नै राज्यसभाको लागि आफ्ना छःजना उम्मेद्वारहरूको नाम घोषणा गरिसकेको छ। यी उम्मेद्वारहरूले आफ्नो नामाङ्कन पनि दर्ता गराइसकेका छन्।
-हिस