कथाकार थिरू प्रसाद नेपाल २०२३ को भानु पुरस्कारले अलङ्गकृत

IMG-20230713-WA0354.jpg

गान्तोकः नेपाली साहित्य परिषदद्वारा आयोजित २०९औं भानु जयन्तीको अवसरमा कथाकार थिरुप्रसाद नेपाललाईलाई भानु पुरस्कारले अलङ्गकृत गरिएको छ। राजधानीस्थित मनन केन्द्रमा आयोजित २०९औं भानु जयन्ती समारोहको अवसरमा कथाकार नेपाललाइ सो पुरस्कारले सम्मानित गरिएको हो। कथाकार नेपालले लामो समयदेखि कथा, व्यङ्ग्य अनि कवितामा कलम चलाएर सिक्किमे साहित्यलाई ठूलो योगदान पुऱ्याउँदै आएका छन्।

कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती मुख्य अतिथिकोरूपमा उपस्थिति थिए। यसैगरी, कार्यक्रममा सिक्किम विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, समारोह समितिका अध्यक्ष मन्त्री सोनाम लामा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

यसरी नै आजको कार्यक्रममा भाषा गौरव सम्मान २०२३ ले भोटिया भाषाका ज्ञाता किडेन भोटिया र लेप्चा भाषाका ज्ञाता चुक्सुङ लेप्चलाई अभिनन्दित गरियो। सोही प्रकारले सानु सुब्बालाई भाषा सेवाश्री सम्मान, कुमार नेपालीलाई साहित्य सेवाश्री सम्मान, दुष्यन्त परियारलाई सङ्गीत सेवाश्री सम्मान, महेन्द्र बजगाईंलाई नाट्य सेवाश्री सम्मान, दिवाकर लामिछानेलाई चित्रकारित सेवाश्री सम्मान, विष्णु न्यौपानेलाई पत्रकारिता सेवाश्री सम्मान अनि दिलु तामाङलाई नृत्य सेवाश्री सममनले सम्मनित गरियो। यसका साथै अथितिहरूको बहुलीबाट नेपालका ख्यातिप्राप्त हाँस्य कलारद्वय मदनकृष्ण श्रेष्ठ अनि हरिबंश आचार्यलाई पनि सम्मान जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले आदिकवि भानुभक्त आचार्यसॅंगै घॉंसीलाई पनि स्मरण गर्नुपर्छ भनी बताए। किनकि, भानुभक्त आचार्य घॉंसीबाटै प्रेरित बनेर महान बनेका थिए भनी उनले बताए। उप्रेतीले राज्यका मुख्यमन्त्री पीएस तामाङ पनि आज घॉंसी सरह राज्यवासीका प्रतिभावान युवा-युवतीहरूलाई प्रेरित गरिरहेको बताए।

About Author

Advertisement