सिलगढी: सिलगढीको मेडिकल मोड नजिकै एक महिला नालीमा खसिन्।त्यस घटनास्थलमा पुगेपछि दमकलको सहायतामा धेरै प्रयासपछि महिलालाई नालीबाट निकालेर उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइन्। ती महिला बिहीबार दिउँसो मेडिकल जंक्शन नजिकैको नालीमा खसेकी थिइन्। त्यसपछि स्थानीयहरुले महिलालाई बचाउने प्रयास गरे। नालामा पानीको बहाव धेरै भएकाले उनलाई बचाउन सकिएन। पछि दमकललाई खबर गरेपछि माटिगारा दमकलको दमकलको टोली घटनास्थलमा पुगेर धेरै प्रयासपछि महिलाको उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाएको थियो प्रहरी स्रोतका अनुसार ती महिलाको नाम मिली सूरी ओराँउ हो। उनको घर पानीघाटा क्षेत्रमा छ। यद्यपि महिला कसरी खसेको भन्ने विषयमा माटिगरा प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ।