स्थानीय व्यवसायीहरूद्वारा क्षोभ प्रकट

IMG-20230528-WA0320-5-300x172-2

बाघडुग्रा: बाघडुग्रा हाटमा फेरि चोरीको घटना घटेको छ। बाघडुग्रा थानादेखि केही टाढामा चोरीको घटना घटेकोमा स्थानीय व्यवसायीहरूले क्षोभ प्रकट गरे। प्राप्त जानकारी अनुसार आज बिहान रासन दोकाने सन्तोष रायले दोकान खोल्दा चोरी भएको थाहा पाए। गत अबेर राति चोरले दोकानको टीन भत्काएर दोकानभित्र प्रवेश गरेपछि नगद ७ हजार रुपियाँ सहित अन्य सर-समानहरू चोरी गरेर चम्पट कसेको बताइएको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरे। अप्पर बाघडुग्रा ग्राम पञ्चायत प्रधान सञ्जीव सिन्हा पनि घटनास्थलमा पुगेका थिए। तिनले भने, घटनाबारे प्रशासनलाई जानकारी गराएको छ। हाटको सुरक्षा व्यवस्था सुदृढ गर्न पहल गरिनेछ। अर्कोतिर, बाघडुग्रा थानादेखि केही टाढामा चोरीको घटना घटेकोमा स्थानीय व्यवसायीहरूले क्षोभ प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement