मिरिकमा गठबन्धनको विजय रैली

IMG-20230713-WA0300.jpg

मिरिकमा राणा शासनको अन्तेय भयो, पैसाले किन्न सकेनन्: अजय एडवर्ड

मिरिक: मिरिकमा राणा शासनको अन्त्य भएको छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्।पञ्चायत चुनावमा मिरिकवासीले गठबन्धनलाई बम्पर जीत दिलाएपछि आज गठबन्धनले मिरिकमा विजय रैलीको आयोजना गरेको थियो। आयोजित विजय रैलीमा हाम्रो पार्टीको पक्षबाट पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्स स्वयम् उपस्थित रहेका थिए। त्यसरी नै क्रामाकपाको पक्षबाट आरबी राई, गोरामुमोको पक्षबाट ऋषि थापा, गोजमुमोको पक्षबाट नोमन राई आदि उपस्थित थिए।निर्वाचित ग्राम पञ्चायत अनि पञ्चायत समितिको सदस्यहरूलाई साथमा लिएर गठबन्धनले मिरिकमा विराट रैली निकाल्यो।

रैलीले मिरिक क्षेत्रको परिक्रमण गरेपछि सभामा परिणत भयो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मिरिक राणा शासनबाट मुक्त भएको बताए। उनले भने, ‘मिरिक नगरपालिकामा पनि शीघ्र नै जनताको राज आउनेछ। पञ्चायत चुनावमा तपाईहरूले अलि कति पनि हरेश नखाई रात दिन खट्नु भयो। तपाईहरूले आफ्नो समर्थकहरूलाई भूटेको भात खाएर तपाईहरूले मिरिकलाई राणा शासनबाट मुक्त बनाउन सफल हुनु भएको छ।पैसाले किन्न सक्दैन भन्ने तपाईहरूले प्रमाण दिनु भएको छ भन्दै निर्वाचित सदस्यहरूलाई अध्यक्ष एडवाडर्सले बधाई दिए।

उनले अघि भने, म हाम्रो पार्टीको प्रार्थीहरू भनेर कदापी भन्ने छुइन उनीहरू सबै पार्टीहरूको सहयोगमा निर्वाचित भएको सदस्याहरू हुन्। मिरिकमा जस्तै अन्य क्षेत्रहरूमा पनि हामीले हाम्रो एकता देखाउनु सकेको भए आज पहाडको रूप रेखा अर्कै भएको हुने थियो। निर्दलीय उम्मेद्वारहरूको प्रशंसा गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने तपाईहरूले आफ्नो साहस र आँट देखाएर चुनावी मैदानमा ओर्लिनु भयो अनि जीत हाँसिल पनि गर्नु भएको छ। तपाईहरूको साहस र आँटको म सलाम गर्छु। उनले अझ भने, तपाईहरूले आफ्नो गाउँ र क्षेत्रको निम्ति जो सपनाहरू लिएर चुनावमा ओर्लिनु भएको थियो, तपाईहरूको सपनालाई साकार रूपमा परिणत गर्न हाम्रो पार्टी अनि संयुक्त गठबन्धनको ढोका जहिले पनि खुल्ला रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement