तीनधारेमा २०९औं भानु जयन्ती कार्यक्रम सम्पन्न

IMG-20230713-WA0337.jpg

खरसाङ: तीनधारेको गोलाई पाखास्थित मित्र संघको आयोजनामा आदि कवि भानुभक्त आचार्यको २०९औं जन्म जयन्ती पालन गरिएको छ। उक्त भानु जयन्ती कार्यक्रम मित्र संघ गोलाई पाखाको सभापति मसीह प्रकाश मोक्तानको अध्यक्षता र सचिव राजेस सेवाको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रमको शुरुमा मित्र संघको सभापति मसीह प्रकाश मोक्तान, मदनकुमार प्रधान, बरूण रसाईली, लोकनाथ शर्मा, पुकबहादुर नेवार आदिको बाहुलीबाट आदि कवि भानुभक्त आचार्यको तस्वीरमा धुप दिप प्रज्वलन साथै खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। त्यसरी नै उपस्थित सबैले खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण मित्र संघको सांस्कृतिक विभागको सचिव ईशान्त विश्वकर्मले राखेका थिए।

त्यसरी नै वाङ्दिका तामाङ, दिपसिका नेवार, सोनिका छेत्री, आदिले रामायण पाठ गरेका थिए भने उनीहरूले नै कविता पनि पठन गरेका थिए। कार्यक्रममा बरूण रसाईलीले आदि कवि भानुभक्त आचार्यको जीवनी र योगदान विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा वरिष्ठ मादल वादक शरण रसाईलीले मादले गीत प्रस्तुत गरेका थिए। कार्यग सभाध्यक्ष मसीह प्रकाश मोक्तानले सम्बोधन राख्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement