कालचिनी: आज उत्तर मेन्दाबारी क्षेत्रबाट मन्थराम बीट र मेन्दाबारी बीटको बनकर्मीहरूले संयुक्त अभियान चलाएर १० वटा सयगुणको लट्ठा सहित एउटा काठको फ्रेम बरामद गर्न सफल भएको मन्थराम बीट अधिकारी राजीव चक्रवर्तीले जनाएका छन्।

गोप्य सूचनाको आधारमा बनकर्मीहरुले संयुक्त अभियान चलाएर उक्त अवैद्य काठहरू उद्धार गरेको र यस सम्बन्धमा कसैलाई पक्राउ गर्न नसकिएको जनाएका छन्।










