सलुवा: नेपालीहरूको जातीय कवि भानुभक्त आचार्यको २०९वाँ जन्मजयन्ती धुमघामले पालन गरियो। पश्चिम बंगालको मानिएको अर्ध सैनिक ईएफआर दोस्रो बटलियनको हेड क्वाटरमा अफिसर उस्ताद र जवानहरुले जातिय कविलाई श्रद्धा सुमनपुर्वक सम्झिए। क्रार्यको शुरुराम्भ बटालियनका एडुचेन्ट को हातबाट पुष्पाञ्जली अर्पण गरेपछि क्रमैले सुबेदार राजेश घर्ती, सुबेदार किरण राई, सुबेदार हेम नारायण प्रधान, नायब सुबेदार अदिप गजमेर, टेक बहादुर राई, बेन्ड मास्टर देवेन्द्र विश्वकर्म र हवलदार विष्णु छेत्री, खुश नारायण छेत्री हवलदार सरोज राई, लेन्स नायक तिलक राई साथ साथै अन्य महानुभहरू उपस्थित थिए। कार्यक्रम संचालक लेन्स नायक सचिन खवासले गर्दै भने, ‘एउटा फौजी जीवन बिताउँदै आफ्नो जातीय कविलाई सम्झनु र सम्मान गर्नु पाउनु पनि सम्मानको कुरोl’