नेपाल: प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

00-1-Prachanda-Nepal-PM-3

काठमाडौं: पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ। बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले १५ जुलाईसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन्। ‘तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने। उनका अनुसार, समवेदना प्रकट गर्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ। ‘आज पनि समवेदना साट्न आउनेहरुलाई धन्यवाद दिनुभयो, फेरि साँझ हुनेछ’, आचार्यले भने।

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement