कालचिनी: कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्ज डिपोपाड़ा निवासी एकजना रिटायर्ड ब्याङ्क कर्मी सुबीर सरकार उमेर ७३ ले आज आफ्नै घरभित्र पासो लगाएर झुण्डिएर आत्महत्या गरेको मामिला प्रकासमा आएको छ।
घटनाको जानकारी पाएर कालचिनी थानाको पुलिसबल घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर थानामा ल्याएको थियो भने आत्महत्या मामिलाको यूडी केस दर्ता गरेपछि शवलाई आज पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।
प्राथमिक जाँचमा तिनले आत्महत्या गरेको थाह पाएको र पोस्टमार्टमको रिपोर्ट पश्चात कारण थाह लाग्ने पुलिस सुत्रले जनाएका छन्।










