१३ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा हिमालयन फूटबल क्लबले सजिलै जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बिहीवार खेलिएको ग्रुप ए-को म्याचमा हिमालयन फूटबल क्लबले अभिवृद्धि फूटबल क्लबलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट साहिल मुखियाले २ गोल गरे। यसबाहेक रोहित सुब्बा, मेण्डिस मंगर र नुगेन सुब्बाले १-१ गोल गरे। यसरी अभिवृद्धि फूटबल क्लबबाट दावा तामाङले गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा रमेश राई रहेका थिए।

यसरी नै रेमण्ड तामाङ र जीवन छेत्री सहायक रेफरी रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।