साइबर सुरक्षा हाम्रो साझा लक्ष्य हो: अमित शाह

00-1-Amit-Shah-Home-Minister-3

गुरूग्राम: केन्द्रीयगृह एवं सहकारिता मन्त्री अमित शाहले बिहीबार भने, ‘साइबर सुरक्षालाई सशक्त बनाउनको लागि सारा विश्व एउटा मञ्चमा आउन आवश्यक छ। यो हाम्रो साझा लक्ष्य हुनुपर्छ। हामी मिलेर नै डिजिटल संसारलाई सुरक्षित राख्नुपर्छl’ केन्द्रीय गृहमन्त्री शाहले बिहीवार हरियाणाको गुरूग्राममा ‘एनएफटी, एआई तथा मेटावर्सको युगमा अपराध एवं सुरक्षा’ विषयमा आयोजित जी-२० सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हामीले नयाँ तकनिकलाई तीव्र गतिमा अप्नाइरहेका छौं। आज ८४० मिलियन भारतीय इन्टरनेटमा छन्। यस अवस्थामा हामी सतर्क बस्नुपर्छ। हामी डिजिटल लेनदेनको मामिलामा पनि अघि छौं। यसैले डिजिटल दुनियाँलाई हामीले कुनै पनि स्थितिमा सुरक्षित राख्नुपर्छl’

शाहले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत धरातलीय स्तरमा उदियमान प्रौद्योगिकीलाई अप्नाउनमा सबैभन्दा अग्रपंक्तिमा छ। हाम्रो लक्ष्य आधुनिक प्रौद्योगिकीलाई समाजका सबै वर्गको लागि अधिक सुलभ र सस्तो बनाउनु हो। आज ८४० मिलियन भारतीयहरूको अनलाइन उपस्थिति छ भने आगामी वर्ष २०२५ सम्ममा थप ४०० मिलियन भारतीयले डिजिटल दुनियाँमा प्रवेश गर्नेछ। नौ वर्षमा इन्टरनेट कनेक्शन २५० प्रतिशत बढ़ेको छ। प्रतिजीबी डेटाको मूल्य ९६ प्रतिशत घटाइको छ। केन्द्रीय गृहमन्त्री शाह अनुसार प्रधानमन्त्रीको जनधन योजना अन्तर्गत ५०० मिलियन नयाँ ब्याङ्क खाता खोलिएको छ तथा ३३० मिलियन डेबिट कार्ड वितरित गरिएको छ। ‘भारत ९० मिलियन लेनदेनसितै वैश्विक डिजिटल भुक्तानमा अग्रणी छ। ३०० मिलियन रुपियाँ सोझै ब्याङ्क स्थानान्तरण गरियो। डिजिलकरले लगभग ६ बिलियन कागज-पत्र संग्रह गर्दछ। यस अवस्थामा हामीले डिजिटल दुनियाँलाई पूर्ण सुरक्षित राख्नुपर्छ। साइबर सुरक्षालाई लिएर विश्वमै एउटै जस्तो कानून बनिनुपर्छ’, उनले भने।

उनले भने, ‘कुनै पनि देश वा संगठन एक्लैले साइबर जोखिमको सामना गर्न सक्दैन। यसको सामना गर्नको लागि एउटा संयुक्त मोर्चाको आवश्यक्ता छ। हाम्रो भविष्यले हामीलाई ‘सम्वेदनशीलता सहित प्रौद्योगिकी उपयोग गर्ने’ अनि ‘सार्वजनिक सुरक्षा सुनिश्चित गर्ने’ आफ्नो प्रतिबद्धतामा दृढ़ बस्ने अवसर दिएको छ। तथापि यो काम एक्लो सरकारले मात्र सम्हाल्न सक्दैन। हामी मिलेर सबैको लागि ‘सुरक्षित अनि समृद्ध डिजिटल भविष्य’ सुनिश्चित गर्दै यी प्रौद्योगिकीहरूको क्षमतालाई प्रयोग गर्नसक्छौंl’ उल्लेखनीय छ, यस अवसरमा शाहले देशका सात प्रमुख शैक्षणिक संस्थानहरूको साइबर भोलन्टियर स्क्वाडलाई हरियो झण्डा देखाए। यो स्क्वाडले मानिसहरूलाई साइबर सुरक्षा सम्बन्धी लगातार जागरूक गराउनेछ। कार्यक्रममा शाहले साइबर सुरक्षामाथि आयोजित प्रदर्शनीको विमोचन पनि गरे। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *