वायुसेना र एनडीआरएफ टोलीले फसेका गाउँलेहरूलाई उद्धार

26598629-a52c-477d-9830-35516fb3d392

कालचिनीः पाना नदीले बाटो फेर्दै चुवापाड़ास्थित पुरानो एयरफील्ड हुँदै बगेर मेचपाड़ा चियाबारीको पक्का लाईन र ९ नम्बर लाईनबीचको झोड़ालाई मूल नदी बनाएर बग्दा मेचपाड़ा चियाबारीको पक्का लाईनका प्रायः ८० परिवार सम्पर्क विहिन बनेको थियो। बिहानको भयावह खोलाको उफानलाई छिचोलेर पारापार हुन नसक्ने स्थितिले अझै मेचपाड़ा बासिन्दाहरू त्रस्त बनेको थियो। ठीक यसैबीच अग्निशमन विभागको टोली लगायत सिभिल डिफेन्स रेस्क्यू टीम आएर उक्त खोलाको उफान पार गर्ने प्रचेष्टा चलाए तापनि नसक्दा अन्ततः हाँसीमारा वायुसेना र भारतीय सेनाका रेस्क्यू टीम पुगेर उद्धार कार्य शुरु गरेको थियो।
प्रायः ४ घन्टा जस्तो समय लगाएर मेचपाड़ा पक्का लाईनका प्रायः ८० परिवारलाई उक्त रेस्क्यू टोलीले सकुशल घरबाट उद्धार गर्न सफल भएको थियो।
यता उक्त उद्धार टोलीमा रहेको कालचिनी बीडीओ प्रशान्त बर्मनले प्रशासन गाउँलेहरूको साथमा रहेको र उद्धार भएका परिवारलाई बस्ने र खाने व्यवस्था गरिने जनाएका छन्। यता उद्धार टोली कोही नआउँदा गाउँलेहरू सबै विक्षुब्ध बनेको थियो भने यदि पाना नदीमा बाँध निर्माण नगरीए सम्पूर्ण मेचपाड़ा चियाबारी बाढ़मा डुब्ने गाउँलेहरूले जनाएका छन्। रातभरी जागो बसेर निन्द्रा कटाएको र बिहान कोही पनि कमानको काममा जान नसकेको श्रमिकहरूले जनाएका छन्। नदी सुकेपछि बाँधको काम सबै हुने प्रशासनको पक्षबाट कालचिनी बीडीओ प्रशान्त बर्मनले जनाएका छन्।


बिहान मेचपाड़ा चियाबारीको सो परिस्थितिको संज्ञान लिन कालचिनी विधायक विशाल लामा घटनास्थलमा आईपुगेका थिए भने तिनले फसेका गाउँलेहरूलाई उद्धार गर्न वायुसेना र सेना कमानसित कुराकानी भएको र उपयुक्त मदत आफूबाट जे हुन्छ गरिने बताएका थिए। यता उक्त परिस्थितिको निरीक्षण गर्न तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामी लगायत कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव, युवा सभापति पवन योल्मो पनि घटनास्थलमा आएको थियो भने मेचपाड़ाको बाढ़जन्य परिस्थिति हेर्न मानिसहरूको घुँईचो लागेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement