केन्द्रिय मन्त्री जोन बारलाको उपस्थितिमा हूल दिवस पालन

कालचिनी| आज बेग्लाबेग्लै ठाउँमा हूल दिवस पालन गर्ने क्रममा कालचिनी स्थित रवि भानु बिरसा भवनमा हूल दिवस सञ्चालन कमिटीको आयोजनामा १६८औँ हूल दिवस पालन गरिएको थियो।
उक्त कार्यक्रम शुरु हुन अघि उपस्थित अतिथिहरूलाई लिएर एउटा ऱ्यालीको पनि आयोजना गरिएको थियो भने ऱ्यालीले कालचिनी बजार चौपतिको परिक्रमा गरे पश्चात कार्यक्रम स्थलमा आएर विसर्जन लिएको थियो। सो कार्यक्रममा केन्द्रिय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारला लगायत कालचिनी विधायक विशाल लामा, पूर्व सांसद दशरथ तिर्की, कालचिनीका पूर्व विधायक विल्सन चम्पासरी, आदिवासी समाजसेवी तथा लेखक नेह इन्दुवार लगायत विभिन्न आदिवासी समाजसेहरू एवम् गोर्खा समुदायका तामाङ जनजातिको प्रतिनिधिहरू साथै नेपाली, बोड़ो, आदिवासी आदि सांस्कृतिक टोलीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा आईपुगेको केन्द्रिय मन्त्री जोन बारलाले हूल दिवसले आदिवासीहरुको आत्मसम्मान राखेको र आज यसलाई देशभरि नै पालन गरिरहेको बताउँदै यसको आयोजनामा कुनै भेदभाव नराखिएको सबैलाई नै एकसुत्रमा बाँधेर राख्ने चेष्टा गरिएको र देशको प्रधानमन्त्रीले पनि आज हूल दिवसले सबैलाई शुभकामना व्सक्त गरेको बताए।
यद्यपि आज रविन्द्र भानु बिरसा भवनमा सम्पन्न हूल दिवस कार्यक्रममा सम्पूर्ण तहका भाजपा नेता र समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *