सिलगढी: बागडोगरा बजारमा एक पसलको टिनको छाना काटेर चोरीको घटनाले सनसनी मच्चाएको छ। पुलिस चौकीबाट अलि परमा यस्तो घटना भएको भन्दै स्थानीय व्यापारीले आक्रोश व्यक्त गरेका छन्।
किराना पसल व्यवसायी सन्तोष राईले बिहीबार बिहान पसल खोल्नेबित्तिकै पसलको छाना काटिएको देखे। उनका अनुसार राति अबेरसम्म पसलको टिन काटेर लुटेराहरूले पसलमा पसेर पसलबाट करिब सात हजार रुपियाँ नगदसहित धेरै सामान चोरेका थिए । खबर पाएलगत्तै बागडोगरा पुलिस घटनास्थल पुगेको थियो । पुलिसले बजारको सुरक्षा व्यवस्था मजबुत बनाउन पहल गरिने आश्वासन दिएको छ। यस विषयमा अनुसन्धान भईरहेको छ ।