चिराङ: भुटानमा भीषण वर्षापछि त्यहाँको पानी माक्रा नदीमा पस्दा बोडोल्याण्डको थ्रुम्थ्राझोरा गाउँमा भीषण बाढ़ आएको छ, जसमा चार परिवारका धेरै सदस्यहरू फंसे। बुधबार राति नै बिजनी प्रखण्ड प्रशासन र स्थानीय जनप्रतिनिधिहरूले पुगेर बचाव कार्य शुरू गरे। एसडीआरएफ बलहरूको एक टीम रबरका डुंगाहरूको उपयोग गरी बचाव अभियानमा जुटेको छ। स्थानीय एमसीएलए जेम्स बसुमतारी पनि घटनास्थलमा उपस्थित थिए अनि बचाव अभियानको निगरानी गरिरहेका थिए। बिहीबार खबर लेखिञ्जेलसम्म एसडीआरएफ बलहरूद्वारा बचाव अभियान जारी छ। -हिस