नदीमा डुबेर एसएसबी जवानको मृत्यु

कालचिनी| जयन्ती नदी पार गर्ने क्रममा आज जयन्ती बीओपीका कर्मरत ३४ वाहिनीका एसएसबी जवान ब्रिजेन्द्र सिंह उमेर ३६ को नदीमा डुबेर मृत्यु भएको घटना प्रकासमा आएको छ।
प्राप्त जानकारीअनुसार आज एसएसबी जवानहरू जयन्ती स्टेशनबाट जयन्ती नदी पार गरेर भोटे बस्ती जानलाई निस्किएको थियो तर नदीको उफान देखेर अन्य जवानहरू पार गर्न अन्कनाए तापनि अन्य तीनजना जवानहरू नदीमा ओर्लिएको थियो तर नदीको उफानले तीनैजनालाई बहाएर लैजाँदा दुईजना जसोतसो पार भएर निस्कन सफल भए तापनि ब्रिजेन्द्र सिंहलाई नदीले तानेर बहाएको थियो। यस क्रममा जवानहरू सबै निलेर खोज चलाउँदा अन्ततः एसएसबी जवान ब्रिजेन्द्र सिंहको मृतदेह उद्धार गर्न सफल भएको थियो। शवलाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएर औपचारिकता गरेपछि अप्राकृतिक मृत्युको रिपोर्ट अन्तर्गत कालचिनी थानालाई सुम्पिएको थियो। कालचिनी थाना सुत्रले एकजना एसएसबी जवानको शव उद्धार भएको बताएको छ भने शवलाई पोस्टमार्टमको निम्ति पठाईने जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *