कोरोनाकाे ५२ नयाँ मामिला, १ जनाको मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९४,७६५ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,९१४ पुगेको छ। यसरी नै यस अवधिमा ६२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६१,४५५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर १,३९६ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ५७,२०६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,३१,४७,४६२ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४४५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,४६,७०४ जनाले यो खोप लगाइसकेको छन्।